
काठमाडौ, ८ पुस–अभिनेता सलमान खान र अभिनेता अमिर खानबीचको सम्बन्ध राम्रो छैन । उनको यो घृणा व्यक्तिगत भन्दा पनि व्यवसायीक हो ।
बिहीबार सलमानले ट्वीट गर्दै आफूले परिवारसित अमिरखानको फिल्म दंगल हेरेको जनाएका छन् । उनले आफू अभिनित फिल्म सुल्तान भन्दा दंगल धेरै राम्रो लागेको जनाएका छन् ।
सलमान खानको फिल्म सुल्तानसँग यस फिल्मको तुलना गरिने गरिएको छ । किनकी यो फिल्म पनि पहलमानीसँग सम्बन्धीत छ ।

सलमानले लेखेका छन्, ‘मेरो परिवारले बिहीबार राति दंगल हे-यौ । यो फिल्म सुल्तान भन्दा राम्रो लाग्यो , अमिरलाई व्यक्तिगत रुपमा माया गर्छु तर, व्यवसायीक रुपमा घृणा गर्छु ।’
पहलवान महावीर फोगाटका जीवनमा आधारित फिल्म शुक्रवार रिलिज भएको छ । निर्देशक नितेश तिवारीको यस फिल्मका साथ अभिनेता अमिर खान लगभग दुई वर्षपछि पर्दामा फिर्ता आएका हुन् ।