१० साउन २०८३, आइतबार

चलचित्र 'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ' सार्वजनिक

साउन ८, २०८३
काठमाडौं
चलचित्र 'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ' सार्वजनिक

आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ ।

शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्यूब सिनेमा हलमा एक कार्यक्रमका बीच लोक फ्लेभरको गीत सार्वजनिक गरिएको हो ।

गीतमा यस चलचित्रका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। गीतमा नरेश बीबीसीको मिस्किङ तथा मास्टरिङ रहेको छ।

‘कुल ब्वाई’का रूपमा अत्यधिक लोकप्रिय रहेका पारस बम ठकुरी, नायिका दिव्या रायमाझी, नायक सुशान्त कार्की र कलाकार पदम तामाङ यस गीतको भिडियोमा फिचर्ड छन्, जसको अनस्क्रिन केमेस्ट्री र डान्स स्टेपलाई रुचाइएको थियो । सियोन श्रेष्ठले यस गीतको आकर्षक कोरियोग्राफी गरेका हुन् ।

कार्यक्रममा गीत सार्वजनिक गरेसँगै संगीतकार तथा निर्माता पोखरेलले यो गीत चलचित्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि फरक स्वादमा तयार पारिएको बताए । दर्शकहरूले यो गीतलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सक्नेछन् ।

गीत सार्वजनिक भएसँगै चलचित्रलाई लिएर दर्शकमाझ थप उत्साह थपिएको छ । यसअघि चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको थियो, जुन सामाजिक सञ्जाल र मिडियामा निकै चर्चित र भाइरल बनेको थियो । उक्त पोस्टरले सिर्जना गरेको बलियो हाइपलाई अहिले सार्वजनिक भएको यो नयाँ गीतले अझ उचाइमा पुर्‍याउने विश्वास निर्माण पक्षको छ ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

यसमा नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् ।

यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ।

काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्