०९ साउन २०८३, शनिबार

आणविक शक्तिसम्पन्न शक्तिशाली आइसब्रेकर जहाज बनाउँदै रुस

असार २९, २०७७
आणविक शक्तिसम्पन्न शक्तिशाली आइसब्रेकर जहाज बनाउँदै रुस

रुसको ज्वेज्दा शिपयार्डले उच्चस्तरीय आणविक आइसब्रेकर जहाजको निर्माणकार्य शुरू गरेको रोसाटोमफ्लोट कम्पनीले जनाएको छ । यस जहाजको नाम रसिया राखिनेछ । 

‘यो जहाज निर्माणको इतिहासमा सबभन्दा शक्तिशाली आइसब्रेकिङ जहाज बन्नेछ,’ कम्पनीले जनायो । यसको तुलना कसैसँग पनि गर्न नमिल्ने उसको भनाइ छ । 

रुसको आइसब्रेकिङ जहाज जत्थाको नयाँ पुस्ताको निर्माणको आधाररेखा यसले कोर्ने कम्पनीको भनाइ छ । 
 

लीडर वा प्रोजेक्ट १०५१० आइसब्रेकर नाम दिइएको यसको निर्माणकार्य अप्रिल महिनामा शुरू गरिएको थियो । निर्माणका लागि ज्वेज्दा र रोसाटोमफ्लोटले एक सम्झौता गरेका थिए । सन् २०२७ सम्ममा यसले काम गर्न थाल्ने अपेक्षा गरिएको छ । 

यसले पूर्वी आर्कटिकमा वर्षैभरि काम गर्न सक्ने गरी पाटपुर्जाहरू राखिएका छन्,’ रोसाटोमफ्लोटका सीईओ मुस्तफा काश्काले बताए । 

यसले ४.३ मिटर बाक्लो हिउँको पत्रलाई चिर्दै अघि बढ्न सक्नेछ अनि बन्दरगाह नआइकनै आठ महिनासम्म समुद्रमा तैरिरहन सक्नेछ । यसमा १२० मेगावाट पावरप्लान्ट हुनेछ । 

यो लीडर–क्लास आइसब्रेकरको प्रारूप पनि आकर्षक हुनेछ । यो २१० मिटर लामो हुनेछ र ४७ मिटर अग्लो हुनेछ । त्यो भनेको १३ तल्ले घर जत्रो हो । 
 

salt training

कमेन्ट गर्नुहोस्