
मानिसलाई जुनसुकै समयमा पनि हृदयघात हुनसक्ने जाेखिम हुन्छ। त्यसबाट बच्न नियमित व्यायाम र स्वस्थ आहारा हुन जरुरी छ।
हृदयघातका लक्षण यस्ता छन्
-छातिको बीचभागमा दुख्नु, गह्रौ चिजले थिचेजस्तो छाति कसिएजस्तो महसुस हुनु
-छातिको दुखाइ बायाँ हाततिर सर्नु
-पेटको बीचमा अत्याधिक दुखाई हुनु
-चिटचिट पसिना आउनु
-वाकवाकी लाग्नु तथा बान्ता हुनु
-डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु
-विशेष गरी मधुमेहका रोगी तथा बृद्धाहरुलाई अचानक असहज तथा स्वाँस्वाँ हुनु
-बृद्धाहरुले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु
-थोरै गतिबिधि गर्दा पनि असहज र थकाइ लाग्नु
-महिला बृद्ध र मधुमेहका रोगीमा हृदयघातको लक्षण अलि फरक हुने भएकोले विशेष सावधानी अपनाउनु पर्छ
बच्ने प्रमुख १० तरिकाहरू
-चुरोट र मदिराको सेवन पूर्णरुपमा बन्द गर्नु
-कोलेस्टेरोललाई नियन्त्रण गर्नु
-रक्तचापलाई नियन्त्रणमा राख्नु
-मधुमेहको उचित उपचार गर्नु
-तौललाई नियन्त्रणमा राख्नु
-स्वस्थ आहारको सेवन गर्नु(फलफुल, सागसब्जी बढी मात्रामा सेवन गर्नु
-मानसिक तनाव र रिस कम गर्नु
-प्रदुषणबाट बच्नु
-दैनिक आधाभन्टा हिँडडुल गर्ने
-चिकित्सकको सल्लाह अनुसार एस्प्रीन र कोलेस्टेरोलको औषधिको प्रयोग गर्ने