१७ असार २०८३, बुधबार

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध

असार ३०, २०७७
पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध
फाइल फोटो

अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् ।

सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

बुटवल–पाल्पा खण्डको दोभानमा सोमवार दिउँसो खसेको पहिरो हटाउन नसक्दा अवरुद्ध सिद्धार्थ राजमार्ग पनि पूर्णरुपले बन्द रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । बुटबल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–३ पैठेडाँडा क्षेत्रमा सडकमाथिबाट खसेको सुख्खा पहिरोसहित ढुंगा खस्दा सोमवारदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

सोमवार नै पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयास गरिए पनि अविरल वर्षा र पहिरोसहित आएका ठूला ढुंगा भएकाले समस्या भएको छ । ढुंगा फुटालेर पहिरो हटाउने र सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध हुँदा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गमा सवारीसाधन रोकिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्