
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय १६ मा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
मंगलवार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ सय १६ मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ भने हालसम्म जम्मा १० हजार ३ सय २८ जनाले ले संक्रमण जितेर निको भई डिस्चार्ज भएका छन् ।
धरानमा गरिएको परीक्षणमा धनकुटाका ३, सिराहाका १, सुनसरीका १, तेह्रथुमका १ जनामा संक्रमण देखिएको छ भने कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा इलामका २ जनामा संक्रमण देखिएको छ ।
विराटनगरमा गरिएको परीक्षणमा झापाका १, जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ र महोत्तरीका १९ जनामा संक्रमण देखिएको डाक्टर गौतमले बताए ।
नारायणी अस्पतालमा गरिएको गरिएको परीक्षणमा पर्सा र धनुषाका २/२ जनामा संक्रमण देखिएको छ भने काठमाडौँमा गरिएको परीक्षणमा गोर्खा, नुवाकोट र काठमाडौँका १/१ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २, रौतहटका १, सिन्धुलीका १ जनामा संक्रमण देखिएको छ बहने धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेपलाञ्चोकका २ र ओखलढुंगाका १ जनामा संक्रमण देखिएको छ ।
काठमाडौँको शिक्षण अस्पतालमा गरिएको परीक्षणमा गोर्खा, कैलाली, काठमाडौँ, पाल्पा, सिन्धुपाल्चोक र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको छ ।
रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका ३, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १, रोल्पाका ३, बर्दियाका १ र दाङका ५ जनामा संक्रमण देखिएको छ ।
लुम्बिनी अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३, पाल्पाका ४, दैलेखमा गरिएको परीक्षणमा दैलेखका ६, जुम्लामा गरिएको परीक्षणमा अछामका १२ र जुम्लाका ४, सेती अस्पतालमा गरिएको परीक्षणमा अछामका २, कन्चनपुरका १ र कैलालीका ४ जनामा संक्रमण देखिएको हो ।