१० असार २०८३, बुधबार

अमेरिकी जासुस भएको आरोपमा इरानको रक्षा मन्त्रालयका पूर्व कर्मचारीलाई फाँसी

अमेरिकी जासुस भएको आरोपमा इरानको रक्षा मन्त्रालयका पूर्व कर्मचारीलाई फाँसी

इरानले गोपनीय सूचनाहरू अमेरिकालाई बेच्ने मामिलामा दोषी पाइएका रक्षा मन्त्रालयका एक पूर्व कर्मचारीलाई फाँसी दिएको छ ।

इरानी न्यायिक व्यवस्थाका प्रवक्ता घोलामहोसेन इस्माइलीले स्थानीय सञ्चारमाध्यमहरूलाई रेजा असगरी नामका पूर्व कर्मचारीलाई गत हप्ता फाँसी दिइएको बताएका छन् ।

इस्माइलीले भने, ‘असगरीले इरानी मिसाइल कार्यक्रमको जानकारी अमेरिकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआइए) दिने गरेका थिए । उनले यस्तो काम रक्षामन्त्रालयको एयरस्पेस डिभिजनबाट सन् २०१६ मा अवकाश प्राप्त गरेपछि गर्न शुरू गरेका थिए ।’

उनले असगरीलाई कहिले हिरासतमा लिइएको थियो र फाँसीको सजाँय कहिले सुनाइएको थियो भन्नेबारेमा जानकारी दिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्