
रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोतीमा गत जेठमा भएको हत्या घटनाको छानविन गर्न गठन भएको संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवदेन बुझाएको छ।
नेकपा सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेर मंगलबार सभामुख सापकोटालाई बुझाएको हो।
प्रतिनिधि सभाले जेठ २६ गते समिति गठन गरेको थियो।
जाजरकोटबाट केटी भगाउन भनी गएका भनिएका जाजरकोट जिल्लाका नवराज विकसहित ६ जनाको शव विभिन्न समयमा भेरी नदीमा फेला परेको थियो।
२७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाइसकेको छ।