१५ असार २०८३, सोमबार

गगन थापाका चार ट्वीट- नेकपाका साथीहरू ओलीलाई प्रधानमन्त्रीबाट विदा गर्नोस्

गगन थापाका चार ट्वीट- नेकपाका साथीहरू ओलीलाई प्रधानमन्त्रीबाट विदा गर्नोस्
फाइल फोटो।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट विदा गर्न नेकपाका नेताहरुसँग माग गरेका छन्।

प्रम ओलीका कामकारबाही र अभिव्यक्ति विवादमा आउने क्रम चलिरहेका बेला पूर्वस्वास्थ्यमन्त्री थापाले मंगलबार राति लगातार चार ट्वीट गरेर प्रम ओलीको राजीनामा मागेका हुन्।

उनले लेखेका छन्,‘कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र। नेकपाका साथीहरू राजनीतिक होइन भनेर नपन्छिनोस्,अब खड्गप्रसाद ओलीलाई प्रमबाट विदा गर्नोस्।

प्रधानमन्त्रीको सोमबारको ‘अयोध्या’ सहित यसअघिका अभिव्यक्ति नेकपाको आन्तरिक किचलोमा ओलीले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट रहेको उनले दाबी गरेका छन्।

उनले भनेका छन्, ‘प्रमलाई राम्रोसँग थाहा छ। यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई कथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।’

यसले प्रम ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट हुने थापाले बताएका छन्। ‘आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।यसलाई हल्का रुपमा नलिऔं।यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं,’ उनले भनेका छन्। 

 

salt training

कमेन्ट गर्नुहोस्