१७ असार २०८३, बुधबार

पहिरोले ९ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी

असार ३१, २०७७
पहिरोले ९ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी
प्रतिकात्मक तस्वीर

संखुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण ३ दिनअघि ९ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ ।

खोजी कार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 
    
गृह मन्त्रालयको हेलिकोप्टरको सहायतामा १ नम्बर प्रदेश सरकारले पहिरोको चपेटामा परेका बेसिन्दागाउँका ८२ घरका ३४९ जनालाई कम्बल, टेन्ट, म्याट्रेस, खाद्यान्नका सामग्री दाल, चामल, तेल, नून लगायतका सामग्रीहरू पहिलोपल्ट उपलब्ध गराएको छ भने थप सामग्री लैजाने तयारीमा रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार ३ दिनअघि गएको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय वासिन्दाको सक्रियतामा खोजीकार्य जारी राखिएको छ ।

पहिरो गएको स्थल निरीक्षणका लागि १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई १ दिनअघि त्यसतर्फ लागेकामा खराब मौसमका कारण संखुवासभाको तुम्लिङटार विमानस्थल उत्रिएर स्थानीय प्रशासन, राजनीतिक दल र सरोकार पक्षहरूसँग भेटघाटका साथ पहिरो र त्यसले पुर्‍याएको क्षतिका बारेमा बुझी सबैलाई एकसाथ जुट्न आग्रह गरेर फर्किए । यसैगरी पहिरोको निरीक्षण गर्न संघीय सांसद राजेन्द्रप्रसाद गौतम, पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ लगायतको टोली पुगेको थियो ।
 
यसैगरी पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले पहिरो गएको स्थलमा आफ्नो निजी खर्चमा हेलिकोप्टरबाट खानेपानीलगायत दैनिक आपूर्तिका लागि पोली पाइप, त्रिपाल, टेन्ट, म्याटलगायत ५०० किलोभन्दा बढी खाद्यान्नसहितका सामग्री उपलब्ध गराउँदै पहिरोपीडितका लागि जतिसक्दो चाँडो राहत उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेका नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्