०४ असार २०८३, बिहीबार

तौल घटाउनुछ ? टमाटरको जुस पिउनुस् !

कात्तिक २०, २०७४
तौल घटाउनुछ ? टमाटरको जुस पिउनुस् !

काठमाडौं – आजकल तौल बढेर सबैलाई समस्या भइरहेको छ । वजन घटाउनका लागि डाइटिङ गर्ने वा जिम धाउने काम गर्छन् कोहीकोही । तर टमाटरको जुस पिउँदा पनि वजन कम हुन्छ । जुसमा भएको एन्टीअक्सिडेन्ट र मिनरल्सले वजन घटाउन मद्दत गर्छ । गोलभेंडाले शरीरको मेटाबोलजम पनि बढाउँछ अनि बोसो गलाउँछ ।


गोलभेंडाको जुस घरैमा सजिलै बनाउन सकिन्छ ।

जुस बनाउने विधि
यसका लागि तपाईं पाकेको दुईवटा टमाटर लिनुस् । यसका साथै आधी चम्चा मरिच र दुई चम्चा मह लिनुस् ।

बनाउने तरिका
शुरुमा टमाटरलाई मजाले पिँध्नुस् र रस निकाल्नुस् ।

मरिचको धूलो बनाउनुस् ।

टमाटरको रस र मरिचको धूलो मजाले फेंट्नुस् ।

यो मिश्रणलाई एउटा गिलासमा हाल्नुस् र त्यसमा दुई चम्चा मह हाल्नुस् ।

जुस तयार भयो ।

यस्तो जुस दिनदिनै बिहान खाली पेटमा पिउनुस् ।

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्