१८ असार २०८३, बिहीबार

अमेरिकाको कोलोराडोमा देखियो खतरनाक महामारी ब्युबोनिक प्लेग

असार ३१, २०७७
अमेरिकाको कोलोराडोमा देखियो खतरनाक महामारी ब्युबोनिक प्लेग

अमेरिकाको कोलोराडोमा एक लोखर्केमा ब्युबोनिक प्लेग नामक खतरनाक महामारीको संक्रमण भेटिएको छ । 

दश दिनअघि चीनको इन्नर मंगोलियामा पनि ब्युबोनिक प्लेग फैलिएको खबर आएको थियो । 

ज्ञात इतिहासमा ब्युबोनिक प्लेग संसारमा तीनपटक फैलिएको छ । पहिलोपटक यसले पाँच करोड, दोस्रोपटक युरोपको एक तिहाइ जनसंख्या र तेस्रोपटक ८० हजारजनाको ज्यान लिएको थियो । 
 

कोलोराडोको मोरिसन बस्तीमा चार दिनअघि लोखर्केमा ब्युबोनिक प्लेग देखिएको हो । 

सरकारले मानिसहरूलाई सतर्क रहन चेतावनी जारी गरेको छ । अनि घरमा मुसा, लोखर्के र न्याउरीमुसाबाट टाढै रहन भनेको छ । 
 

ब्युबोनिक प्लेग मुसामा भेटिने ब्याक्टेरियाबाट फैलिन्छ । ब्याक्टेरियाको नाम यर्सिनिया पेस्टिस ब्याक्टेरियम हो । यसले फोक्सो र रक्तप्रणालीमा आक्रमण गर्छ । 

यसले शरीरका अंगलाई कालो बनाएर सडाइदिन्छ र फतफत झारिदिन्छ । 

यसले गर्दा शरीरमा असह्य पीडा र चर्को ज्वरो आउँछ । दुईतीन दिनमा फोका निस्कन थाल्छ । १४ दिनमा फोका पाक्छन् । अनि शरीर दुखेको दुख्यै गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्