२५ असार २०८३, बिहीबार

चीनमा बाढीका कारण १४१ जनाको मृत्यु, १५ लाख मानिस विस्थापित

असार ३१, २०७७
चीनमा बाढीका कारण १४१ जनाको मृत्यु, १५ लाख मानिस विस्थापित

चीनको याङ्से नदी क्षेत्रमा अझै पाँच दिन अविरल वर्षा हुने पूर्वानुमान गरिएको चीनको मौसम विभागले जनाएको छ । उक्त क्षेत्रमा यस वर्ष बाढीले निकै क्षति पुर्‍याएको छ ।

देशभरि बाढीका कारण कम्तीमा १४१ जनाको मृत्यु भएको वा बेपत्ता भएको बताइएको छ । 

चीनको सबभन्दा ठूलो स्वच्छ जल भएको पोयाङ तालमा जलस्तरले सोमवार कीर्तिमान छोएपछि घट्न थालेको छ । 

सैनिकहरूले उक्त तालमा पानी बढेर लुशान शहर डुबाउने स्थितिबाट जोगाउन अस्थायी तटबन्ध बनाएका छन् । 

मौसमी बाढीले यस महिनामा मात्र १५ लाख मानिसलाई विस्थापित गरेको पिपुल्स डेली पत्रिकाले लेखेको छ । दक्षिण चीनमा बाढीको पानीले गाउँ, शहर र कृषियोग्य भूमिलाई डुबाएको छ । 

कृषि मन्त्रालयले जियाङ्सी तथा अन्य चार प्रान्तमा टोली पठाएर विपत राहतका क्षति न्यूनीकरणको प्रयास थालेको छ । 

सन् १९९८ मा आएको भयंकर बाढीले २ हजारभन्दा बढी मानिसको ज्यान लिएको र ३० लाख घर नष्ट गरेयता अहिलेको वर्ष सबभन्दा क्षति पुगेको हो । 

salt training

कमेन्ट गर्नुहोस्