०८ साउन २०८३, शुक्रबार

सरकारले चिया र भाेजमा साढे एक अर्ब खर्चियाे, यस्ताे छ मलेपकाे प्रतिवेदन [पूर्णपाठ]

सरकारले चिया र भाेजमा साढे एक अर्ब खर्चियाे, यस्ताे छ मलेपकाे प्रतिवेदन [पूर्णपाठ]

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित समारोहमा आर्थिक वर्ष २०७५।०७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम उक्त प्रतिवेदन पेश गरिएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्न गराउन महालेखा परीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व राख्ने बताइन् ।

आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न मद्दत पुग्ने बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो गहन संवैधानिक दायित्व निर्वाह गर्न महालेखा परीक्षकको कार्यालय सफल हुने विश्वास व्यक्त गरिन् ।

प्रतिवेदन अनुसार सरकारले आर्थिक वर्ष २०७५/७६ मा मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत शीर्षकमा १ अर्ब ५७ करोड ९७ लाख खर्च गरेकाे छ।

जसमध्ये मनोरञ्जन, चियापान लगायतका विविध खर्च हुने शीर्षकमा १ अर्ब ३२ करोड ८५ लाख बजेट विनियोजन भएकोमा १८.९१ प्रतिशत वृद्धि गरी खर्च गरिएको उल्लेख छ। 

प्रतिवेदन अनुसार विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा ६ करोड ८५ लाख बजेट व्यवस्था गरेकोमा १४८.२० प्रतिशत बढी हुनेगरी.१७ करोड खर्च भएकाे छ।

हेर्नुहोस् प्रतिवेदन - 

salt training

कमेन्ट गर्नुहोस्