०९ असार २०८३, मंगलबार

किशाेरीकाे बलात्कार आराेपमा चार युवक पक्राउ

किशाेरीकाे बलात्कार आराेपमा चार युवक पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

पोखरामा एक किशोरी बलात्कार अभियोगमा ४ जना पक्राउ परेका छन्।

असार ३० गते बिहान जबर्जस्ती ट्याक्सी चढाएर लेकसाइडको एक होटलमा लगी बलात्कार गरेको उजुरी आधारमा ती युवक पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा १० घर भइ हाल वडा ३ बस्ने २४ वर्षे कपिल गुरुङ, अन्नपूर्ण ३ कै वर्ष २२ का योगेश थकाली, माछापुच्छे« गाउँपालिका वडा ७ घर भइ हाल अन्नपूर्ण ३ काँडे बस्ने वर्ष १९ को पुकार गुरुङ र अन्नपूर्ण वडा ३, काँडे बस्ने वर्ष १८ को सुशल गुरुङ छन् । 

उनीहरुलाई अपहरण र शरीर बन्धक र करणीसम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष हमालले जानकारी दिए । 

पोखरा वडा २, सहारा अस्पताल नजिकबाट मंगलबार बिहान करिब साढे ६ बजेको समयमा ग१च ७७४५ नम्बरको कारमा आएका उनीहरुले ती किशोरीलाई जबर्जस्ती गाडीमा हालेर लेकसाइडको एक होटलमा लगी बलात्कार गरेकोमा उनीहरुलाई बिहान पौने १२ बजे पोखरा १८, लामागाउँबाट गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनायो ।

salt training

कमेन्ट गर्नुहोस्