
सिरहाकाको कल्याणपुर नगरपालिकाका मेयरका छाेरा घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सूर्यनाथ मण्डलका छोरा सन्तकुमार र सन्तका साथी जितेन्द्र महतोलाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियारका अनुसार डीपीआरको काम सम्पन्न भएपनि रकम भुक्तानीका लागि मेयरले घुस मागेर आफ्ना छोरालाई लिन पठाएका थिए।
सो क्रममा अख्तियारले सन्तकुमारलाई एक लाख र सँगै आएका जितेन्द्रलाई चार लाख घुसहित पक्राउ गरेको जनाएको छ।
उनीहरु लहान नगरपालिका-२२ स्थित रादेजवी चौकबाट पक्राउ परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।