०८ साउन २०८३, शुक्रबार

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो

साउन १, २०८३
काठमाडौं
सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो

 सरकारी कर्मचारीको तलब तथा सुविधा आजदेखि बढेको छ। आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा गरेको नयाँ तलबमान कार्यान्वयनमा आएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको पारिश्रमिक तथा सुविधामा पुनरावलोकन गरी सुरु स्केलमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका थिए।

नयाँ व्यवस्थाअनुसार कर्मचारीलाई मासिक १० प्रतिशत प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। सरकारले यस व्यवस्थापछि कर्मचारीको खाइपाइ आएको खुद आम्दानीमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने जनाएको छ।

बजेटअनुसार सरकारी कर्मचारीको न्यूनतम मासिक तलब ४० हजार रुपैयाँ र अधिकतम एक लाख रुपैयाँसम्म कायम गरिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्