२५ असार २०८३, बिहीबार

संक्रमितको कडा रुपमा निगरानी गर्न डब्लूएचओको सुझाव

असार ३१, २०७७
संक्रमितको कडा रुपमा निगरानी गर्न डब्लूएचओको सुझाव
प्रतिकार्यात्मक तस्वीर।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ। संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन  नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो। 

विश्व स्वास्थ्य संगठनले प्रत्येक देशले प्रतिदिन १० लाख नागरिकमध्ये कम्तीमा पनि १ सय ४० जना नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने सुझाव दिएको हो। भारतका विभिन्न २२ संक्रमित स्थानहरुमा प्रति दिन प्रति १० लाखमध्ये १ सय ४० जनामा र कहिँ त त्यो भन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएको समाचारहरुमा जनाइएको छ। 

तर पछिल्ला हप्ताहरुमा भारतमा प्रति १० लाख नागरिकमध्ये कतै कतै त ८ हजार जनाभन्दा पनि बढीमा यस्तो परीक्षण गर्ने गरिएको बताइएको छ। भारतमा पछिल्ला हप्ताहरुमा १ हजार २ सयभन्दा पनि बढी प्रयोगशालाहरुबाट यहाँका शंकास्पद व्यक्तिको परीक्षण गर्ने गरिएको बताइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्