१५ असार २०८३, सोमबार

नाम बदलेर झण्डै ८ करोड ठग्ने नटवरलाल प्रहरीको फन्दामा, यसरी गरेका थिए करोडौं ठगी

नाम बदलेर झण्डै ८ करोड ठग्ने नटवरलाल प्रहरीको फन्दामा, यसरी गरेका थिए करोडौं ठगी

आफ्नो नाम समेत परिवर्तन गरेर करोडौं ठगी गर्ने झापाका २९ वर्षीय चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको छ । 

आफूलाई मनिष अग्रवाल भनेर विभिन्न व्यक्तिलाई ठगी गर्दै हिँड्ने झापा दमकका जिन्दललाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीवार भक्तपुरबाट पक्राउ गरेको हो । 

मनिष अग्रवालको नाममा उनले झापा, बारा, पर्सा, सर्लाहीलगायतका स्थानका विभिन्न व्यक्तिबाट ७ करोड ८१ लाख ४२ हजार ठगी गरेको भन्दै प्रहरीले उनीविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय बारा पठाइएको जनाएको छ । 

उनीविरुद्ध विभिन्न उद्योग र व्यक्तिबाट उजुरी परेको प्रहरीले जनाएको छ । उनले झापामा जमीन र हार्डवेयर व्यवसायमा पनि ठगी गरेको प्रहरीले जनाएको छ । 

अपराध महाशाखाका एसएसपी दीपक थापाले २२ जनाको उजुरीको आधारमा ७ करोड ८१ लाख ठगी पुष्टि भएपनि उनीविरुद्ध उजुरी आउने क्रम जारी रहेकाले ठगी गरेको रकम बढ्न सक्ने बताए । 

जिन्दलसँगको बयानका क्रममा प्राप्त संकेतहरूका आधारमा विभिन्न व्यक्तिसँग गरेर २५ करोड बराबरको ठगी गरेको हुनसक्ने प्रहरीको आकलन छ ।

salt training

कमेन्ट गर्नुहोस्