
बेलायती महारानी एलिजाबेथ द्वितियकी नातिनी राजकुमारी बिएट्रिसले इटलीका व्यापारी एडोआर्डो मापेलीसँग मोजीमा शुक्रबार विवाह गरेकी छन्।
बकिंघम प्यालेसका अनुसार एक समारोहमा दुबैले शुक्रबार बिहान विवाह गरेका हुन्।
वैवाहिक कार्यक्रममा महारानी एलिजाबेथ, ड्यूक अफ एडिनबरा र परिवारका सदस्य मात्र थिए।
यसअघि उनीहरुको विवाह मे महिनाका लागि तय भएको थियो।
तर, कोरोनाका कारण सरेको थियो।