१५ असार २०८३, सोमबार

'समुदायमा कोरोना संक्रमण फैलिएको छैन’

साउन ३, २०७७
'समुदायमा कोरोना संक्रमण फैलिएको छैन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ ।

न्त्रालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न तथ्यबाट समुदायमा संक्रमण फैलिएको नदेखिएको दाबी गरे ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना परीक्षणका क्रममा भीडभाड हुने विभिन्न स्थानमा ४ हजार ८ सय नमुना परीक्षण गरिएको थियो । जसमा ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना विदेशबाट आएका हुन् भने एक जना ब्युटिपार्लर व्यवसायमा संलग्न रहेको पाइएको छ ।

मानिसको बढी भीडभाड हुने स्थान र कार्यालयबाट स्वाब संकलन गरिएको थियो । ‘काठमाडौंलगायतका ठूला सहरमा संक्रमणको जोखिम बढ्दै गएको छ र संक्रमितको संख्या घटे पनि जोखिम घटेको छैन,’ डा. गौतमले भने । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्