टिभीमा लाइभ समाचार वाचन गर्दैगर्दा समाचार प्रस्तोताको दाँत झरेपछि हंगामा मच्चिएको छ ।
समाचार भन्दै गर्दा समाचार प्रस्तोता महिलाको दाँत झरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अचम्मको कुरा त के छ भने, यस घटनाको भिडियो स्वयम् समाचार वाचिकाले शेयर गरेकी छिन् ।
युक्रेनको एक टिभी च्यानलकप् एंकर मरीका पडल्को समाचार वाचन गर्दै थिइन् । अचानक उनको अगाडिको दाँत झर्यो । समाचार भन्दै गर्दा पडल्कोले आफ्नो मुखमा हात राखिन् र दाँत हातमा लिइन् । दाँत निक्लिएपछि पनि ती महिला एंकरले समाचार वाचन रोकिनन् । यस घटनाको भिडियो पडल्कोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेकी छिन् ।
भिडियो शेयर गर्दै उनले आफ्नो २० वर्षको करियरमा यो पहिलो घटना भएको बताएकी छिन् ।