०५ असार २०८३, शुक्रबार

कर्णाली राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध

साउन ३, २०७७
कर्णाली राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध
प्रतिकात्मक तस्वीर

कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन् ।

लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको छ । 
 
जिल्लाको टाकुल्ला, चौखोला लगायतका ठाउँमा गएको पहिरोले समस्या आएको छ । पछिल्लो समयमा २ दिनदेखि तिलागुफा नगरपालिकाको टाकुल्लामा आएको बाढीका कारण थुप्रै यात्रु तथा मालबाहक गाडी रोकिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

सडक सञ्चालनका लागि स्थानीयवासी, प्रहरी, तिलागुफा नगरपालिकाको डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । कर्णाली राजमार्गको सुनारखोला, पिली, मान्म लगायतका ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्