०२ साउन २०८३, शनिबार

सरकार परिवर्तनको चर्चा निराधार : मन्त्री ज्ञवाली

साउन ३, २०७७
सरकार परिवर्तनको चर्चा निराधार : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन् ।

गुल्मीमा कोभिड–१९ संक्रमण तथा रोकथाम तथा नियन्त्रणका लागि शनिवार तम्घासमा रेसुङ्गा नगरपालिकालाई पीसीआर मशिन हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेकपाभित्र विद्रोह हुन्छ र पार्टी दुर्घटनामा पर्छ भनेर कसैले कल्पना गरेको छ भने त्यो गलत सावित हुने बताए ।

नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरामा जोडिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले जनादेश पूरा गर्न वर्तमान सरकार सक्षम रहेको बताए ।

नेकपाका नेता समेत रहेका मन्त्री ज्ञवालीले अहिलेको लडाइँ भनेको बेरोजगारी, विदेशबाट फर्किएकाहरूको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने एवं जनतालाई कसरी सुखी र समृद्ध बनाउने भन्ने कुरा नै मुख्य चुनौती रहेको धारणा व्यक्त गरे ।
 
स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिडविरुद्धको लडाइँमा सफलता मिलेको भन्दै मन्त्री ज्ञवालीले विज्ञबाट अझै पनि संक्रमण बढ्न सक्ने र खराबको स्थिति अझै सामना गर्न बाँकी रहेकाले त्यसको तयारीमा तीनै सरकार लाग्नुपर्नेमा जोड दिए । मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले सहयोग गरेको पीसीआर मशिन हस्तान्तरण गर्न उनी शनिवार हेलिकोप्टरमार्फत मशिन लिएर जिल्ला आएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्