
ब्रिटेनमा संक्रमण पुष्टि भएको १ सय ३० दिनपछि एक महिलाले कोरोना भाइरससँगको युद्ध जितेकी छिन् ।
अस्पतालले उनी अहिलेसम्मको सबैभन्दा लामो समय कोरोना भाइरसको विरामी भएको र अहिले अस्पतालबाट डिस्चार्ज पाइसकेकी बताएको छ ।
३५ वर्षीया फतिमा ब्रिड्लले कोरोना विरुद्धको लडाईं १ सय ३० दिनमा जितेकी हुन् ।
मोरक्कोमा लामो उडानपछि उनमा मार्च ६ मा संक्रमण पुष्टि भएको थियो । शुरूमा उनको ५६ वर्षीय पतिमा कोरोना लक्षण देखिएको थियो ।
त्यसपछि उनी ब्रिटेनकै साउथएम्प्टन जनरल हस्पीटलमा मार्च १२ मा भर्ना भएकी थिइन् ।
१ सय ५ दिन भेन्टिलेटरमा बसेपनि अहिले उनी बोल्न र हिड्न सक्ने भएको अस्पताललाई उदृत गर्दै डेली मेलले लेखेको छ ।
उनले ४० दिन कोमामा निमोनिया। कोरोना भाइरस लगायतसँग लड्दै बस्नुपरेको अस्पतालले जनाएको छ ।