१३ साउन २०८३, बुधबार

प्युठानमा ट्याक्टर दुर्घटना : एकै गाउँपालिकाका ६ युवा सहित सात जनाको मृत्यु

साउन ४, २०७७
प्युठानमा ट्याक्टर दुर्घटना : एकै गाउँपालिकाका ६ युवा सहित सात जनाको मृत्यु

प्युठानमा शनिबार राति ट्याक्टर दुर्घटनामा परेर मृत्यु भएका सबैको पहिचान खुलेको छ । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको टयाक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको हो ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु १ त ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकै गाउँका ६ जना र अर्का गाउँका एक जना गरी सात जनाको मृत्यु भएको हो ।

रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. ५ बाईजा निवासी २१ वर्षिय सागर बस्नेत, २४ बर्षिय रीमबहादुर बस्नेत, १९ बर्षिय विरेन्द्र बाठा मगर, १० बर्षिय थमन बाठा मगर, गोवर्धन बुढामगर, २५ बर्षिय कविराम बस्नेत, ट्याक्टर चालक त्रिवेणी गाउँपालिका निवासी २५ बर्षिय कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

टयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । अहिले शव संकलनको काम चलिरहेको स्वर्गद्धारी नगरपालिका वडा नं. २ का वडा सदस्य विष्णु खनालले जानकारी दिए ।

‘दुर्घटना स्थल अफ्ठेरो ठाउँमा छ । शवहरु एक एक गरी डोरीले बाँधेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम चलिरहेको छ,’ उनले भने, ‘घुम्तिबाट ट्याक्टर खोँचमा खसेकाले शव निकाल्न अफ्ठेरो परेको हो ।’ साउने संक्रान्ती मनाउन घर गएका मजदुर काममा फर्कदै थिए । क्याम्पमा नपुग्दै उनीहरु चढेको ट्याक्टर दुर्घटनामा परेको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय वासिन्दाले शव निकाल्ने काममा खटिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्