युक्रेनको टीभी च्यानल टीएसएनकी पत्रकार मारिचा पदाल्कोले कोरोनाभाइरसको लाइभ रिपोर्टिङ गर्दागर्दै दाँत खुस्किएको घटनाको भिडियो भाइरल बनिरहेको छ ।
प्रसारणकै क्रममा दाँत खुस्किए पनि पदाल्कोले नआत्तिइकन रिपोर्टिङ जारी राखेकी छन् ।
उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो शेयर समेत गरेकी छन् । यसरी व्यावसायिकता देखाएकोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको प्रशंसा गरेका छन् ।
पदाल्कोले लेखिन्, ‘टीभी प्रस्तोताका रूपमा मेरो २० वर्षको अनुभवमा यस्तो घटना पहिलोपटक भएको हो । पूर्वानुमान गर्न नसकिने भएकाले लाइभ प्रसारण रमाइलो हुन्छ । क्यामरा चसलरहँदा दाँत खुस्केको स्थिति पनि आउने रहेछ ।’
आफूलाई साथीभाइहरूले सहयोग गरेकाले आफ्नो उत्साह बढेको उनले बताइन् । टभिी च्यानलले पनि उक्त दृश्य यूट्युबमा अप्लोड नगरी उनलाई लाजमर्दो स्थिति आउन दिएन । तर त्यसअघि नै उनको भिडियो भाइरल बनिहाल्यो ।