२६ जेठ २०८३, मंगलबार

नियमित रूपमा दाँत सफा नगर्नेको पेटमा क्यान्सर हुने जोखिम बढी

फागुन १४, २०७७
नियमित रूपमा दाँत सफा नगर्नेको पेटमा क्यान्सर हुने जोखिम बढी

दैनिक दाँत ब्रस गर्नेहरूमा तुलनात्मक रूपमा क्यान्सरको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानमा दैनिक ब्रस नगर्नेहरूमा गीँजा र पेटको क्यान्सर हुने सम्भावना बढी रहेको निष्कर्ष निस्किएको हो ।

क्यान्सरको जोखिम पहिल्यै दाँत गुमाएकाहरूमा अझ बढी हुने अध्ययनको निष्कर्ष छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार नियमित रूपमा सफा नगर्नु नै दाँतमा देखिने समस्याको प्रमुख कारण हो ।

२२ देखि २८ वर्ष उमेर समूहमा गरिएको अध्ययनले नियमित रूपमा दाँत सफा नगर्नेहरूमा १ सय ९९ मा घाँटीको क्यान्सर भएको पाइयो भने २ सय ३८ मा पेटको क्यान्सर भएको पाइएको थियो ।

सफाइकाकारण गिँजामा देखिने समस्याका कारण ४३ प्रतिशत घाँटीको क्यान्सर र ५२ प्रतिशत पेटको क्यान्सर हुने जोखिम बढ्ने डेलीमेलको अनलाइन संस्करणमा समाचार प्रकाशित भएको छ ।

वैज्ञानिकहरूले मुखमा पाइने ब्याक्टेरिया र पेट तथा घाँटीमा पाइने ब्याक्टेरियाका बीच विशेष सम्बन्ध हुने र त्यसले क्यान्सर गराउने जोखिम बढाउने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्