२१ असार २०८३, आइतबार

अफ्रिकाको यस्तो देश जहाँ नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दूहरू बसोबास गर्छन्

अफ्रिकाको यस्तो देश जहाँ नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दूहरू बसोबास गर्छन्

हिन्दू धर्मका एक अरब भन्दा धेरै (विश्व जनसङ्ख्याको करिव १५%) अनुयायी छन, ती मध्ये अधिकांश दक्षिण एसियामा (करिव ९८%) बसोबास गर्छन । इसाई (३२%), इस्लाम (२३%) र बुद्ध (७%) धर्मको साथमा हिन्दू धर्म संसारमा सबैभन्दा धेरै मानिने चार धर्ममध्ये एक हो ।

विश्वमा हिन्दू बाहुल्य जनसङ्ख्या हुने देश ३ वटा मात्र छन, ती हुन् नेपाल, भारत र मौरिसस ।

मौरिसस पूर्वी अफ्रिकाको सानो देश हो  ।

नेपालमा राष्ट्रिय जनसंख्याको ८१ प्रतिशत अथवा २ करोड ३० लाख हिन्दू जनसंख्या छ भने भारतमा राष्ट्रिय जनसंख्याको ८० प्रतिशत अथवा १ अर्ब ३ करोड जति छन् ।

त्यस्तै मौरिससमा राष्ट्रिय जनसंख्याको ५२ प्रतिशत अथवा करीब ६ लाख हिन्दू धर्मावलम्बीहरू छन् ।

त्यस्तै बंगलादेशमा करीब १ करोड ४५ लाख जति हिन्दू छन् भने इन्डोनेसियामा करीब ४२ लाख हिन्दूहरूको बसोबास रहेको छ ।

पाकिस्तानमा ३६ लाख, श्रीलंकामा २५ लाख, अमेरिकामा २२ लाख, अलेसियामा १९ लाख, म्यान्मारमा ९ लाख, बेलायतमा ८ लाख हिन्दूहरू बसोबास गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्