१५ असार २०८३, सोमबार

कोरोना संक्रमण बढेपछि ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा

कोरोना संक्रमण बढेपछि ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढेपछि दैलेखको ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले समुदायस्तरमा कोरोना फैलिएको निष्कर्षसहित गाउँपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

बिहीबार मध्यान्नदेखि जारी भएकाे निषेधाज्ञा अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार पूर्वमा रामघाट खोला, पश्चिममा स्याउलेकाँध, उत्तरमा भर्ता लेक, दक्षिणमा खामपाटे मटेलाभित्र कुनैपनि भेला, जमघट, नगर्न र आवतजावत नगर्न÷नगराउन भनिएको छ।

बुधबार त्यहाँका १६ जना कोरोना पोजिटिभ देखिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्