०८ साउन २०८३, शुक्रबार

न्यायमा पहुँच पुर्‍याउन सरकारी वकिलको भूमिका महत्वपूर्ण – राष्ट्रपति भण्डारी

कात्तिक २०, २०७४
न्यायमा पहुँच पुर्‍याउन सरकारी वकिलको भूमिका महत्वपूर्ण – राष्ट्रपति भण्डारी
काठमाडौँ, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिलको महत्वपूर्ण योगदान हुने बताउनुभएको छ । 

महान्यायाधीवक्ताको कार्यालय नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालका सरकारी वकिलहरुको प्रथम सम्मेलन’ को उद्घाटन समारोहमा उहाँले सम्पूर्ण नागरिकलाई न्यायमा पहुँच पु¥याउनका लागि सरकारी वकिलको योगदान हुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो – “फौजदारी न्याय प्रशासनको महत्वपूर्ण अङ्गका रुपमा रहेको महान्यायाधिवक्ता र सरकारी वकिलले कानुनी शासन कायम राख्न क्रियाशील हुनुपर्छ ।”

आफ्नो व्यवसायलाई प्रभावकारी बनाउन सरकारी वकिललाई व्यावसायिक रुपमा दक्ष, सक्षम हुनुपर्नेमा जोड दिँदै उहाँले मुद्दामामिलामा सरकारको तर्फबाट प्रभावकारी रुपमा निरन्तर सरकारी वकिल क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकको लोकतन्त्र, शान्ति सुरक्षा, कानुनी शासन, दण्डहीनताको अन्त्य, मानवअधिकारको रक्षाका लागि फौज्दारी न्याय प्रशासन सुदृढीकरण गर्न सरकारी वकिलको क्रियाशीलताको अपरिहार्य रहेको बताउनुभयो ।


salt training

कमेन्ट गर्नुहोस्