
काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ ।
एसिड प्रहारको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्न मोहमद रहेका छन् ।
घटनालगत्तै उनीहरू फरार भएका थिए । महानगरबाट खटिएको अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले दुई जनालाई गएराति ११ बजे डल्लुबाट पक्राउ गरेको ज्ञवालीले बताए ।
ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो।
उनी घरबाट डेरी जाँदै गर्दा एसिड प्रहार भएको थियो।
उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेकाे छ ।