१५ असार २०८३, सोमबार

प्रवुद्व समूहले भन्यो –स्वतन्त्र निकायमाथिको हस्तक्षेपले लोकतन्त्रको धज्जी उडायो

कात्तिक २०, २०७४
प्रवुद्व समूहले भन्यो –स्वतन्त्र निकायमाथिको हस्तक्षेपले लोकतन्त्रको धज्जी उडायो

काठमाडौं, १९ वैशाख –प्रवुद्व समूहले हालै सर्वोच्च अदालत लगायतका स्वतन्त्र निकायहरूमाथि भएका हस्तक्षेपले लोकतन्त्र र शक्ति पृथकीकरणको मान्यताको धज्जी उडाएको ठहर गरेको छ ।

मुलुकमा सृजना गरिएको संवैधानीक र राजनीतिक संकटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त समूहले राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका निम्ति सम्पूर्ण राष्ट्रप्रेमीलाई एकजुट हुन समेत आग्रह गरेको छ ।

उक्त समूहको सोमवार बसेको बैठकले आसन्न स्थानीय चुनाव एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ ।

दुई चरणमा चुनाव गर्दा त्यसले चलखेल निम्त्याउने ठहर गर्दै समूहले तोकिएको मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको हो ।

‘समयमै स्थानीय तहको निर्वाचन एकैचरणमा सम्पन्न गरिनुपर्छ,’ उक्त समूहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘अन्यथा देश थप अन्योल र संकटको भूमरीमा फस्ने निश्चित छ ।’

संविधान कार्यान्वयनको चरणमा रहेको अवस्थामा मुलुकमा संकटको कालो बादल मडारिएको भन्दै प्रवुद्व समूहले बहुराष्ट्रिय राज्यको मान्यता लगायतका मुलुकको स्वाधिनता र अखण्डता समाप्त पार्ने छदम्भेषी गतिविधि निस्तेज पार्नुपर्ने आवश्यकतासमेत औंल्याएको छ ।

मुलुक गम्भीर संकटकामाझ गुज्रेको भन्दै उक्त समूहले सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई एकजुट हुन आग्रह गरेको छ । संवैधानीक, राजनीतिक लगायत देशमा सृजना गरिएको संकटमाथि पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका निम्ति सम्पूर्ण राष्ट्रप्रेमीलाई एकजुट हुन समेत आग्रह गर्दछौं ।

salt training

कमेन्ट गर्नुहोस्