२८ असार २०८३, आइतबार

बेनीको मेयरमा एमालेबाट प्रमोद श्रेष्ठ उम्मेदवार

कात्तिक २०, २०७४
बेनीको मेयरमा एमालेबाट प्रमोद श्रेष्ठ उम्मेदवार

म्याग्दी, १९ वैशाख– यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा एमालेले प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ ।

सोमबार राति नेकपा एमाले म्याग्दीले उम्मेदवारको टुङ्गो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष एवम् उद्योगी श्रेष्ठको नाम टुङ्गो लागेको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

एमाले म्याग्दीले प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हुँदै प्रदेश नं ४ को कमिटीमा सिफारिस गरेको थियो ।

आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । यसैबीच नेपाली काँग्रेसबाट हरिकुमार श्रेष्ठको नाम टुङ्गो लागेपछि चुनावी अभियान सुरु भइसकेको छ । १० वटा वडा रहेको बेनी नगरपालिकाभित्र पुरुष आठहजार पाँचसय तीन, महिला नौहजार आठसय ४२ गरी कुल १८ हजार तीनसय ४५ जना मतदाता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्