१० असार २०८३, बुधबार
एसिड आक्रमण

यो हातमा के भएको ? एसिड हान्दा आफैंलाई लागेर पोलेको सर !

साउन ९, २०७७
यो हातमा के भएको ? एसिड हान्दा आफैंलाई लागेर पोलेको सर !

काठमाडौंको डल्लुमा मोहम्मद आलमले गार्मेन्टको फ्याक्ट्री चलाउँदै आएका थिए । आलमको गार्मेन्टमा एसिड प्रहार भएकी युवतीकी दिदी काम गर्थिन् । बैनी काठमाडौंमा आएपछि दिदी बहिनीले नै गार्मेन्टमा काम गर्न थाले ।

त्यहि क्रममा ती युवती र गार्मेन्ट चलाउँदै आएका आलमबीच भेट भयो । आलमले ती युवतीलाई प्रेम गर्थे । ती युवतीले आलमको गार्मेन्टमा ३ महिना काम गरेकी थिइन् । त्यसपछि ती युवतीले काठमाडौँको एक पाँचतारे होटलमा जागिर पाइन् ।

उनी होटेलको जागिरमा व्यस्त थिइन् । ती युवतीले होटलमा जागिर सुरू गरेपछि आलमसँग केही कुराकानी भएको देखिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसी बताउँछन् ।

त्यसपछि ती युवतीले आलमसँग फोनमा कुरा गर्नसमेत छाडिन्, फसेबुकमा समेत अनफ्रेन्ड गरिन् । त्यसपछि आलमलाई एकतर्फी प्रेममा धोका खाएको झोंकमा आफ्नै गार्मेन्टमा काम गर्ने भारतीय नागरिक मुन्नालाई प्रयोग गरेर एसिड आक्रमण गराए ।

आलमले भारतीय कामदारको सहयोगमा बिहीवार बेलुका ती युवतीमाथि एसिड आक्रमण गरेका थिए । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टालीले बिहीवार राति ११ बजे नै पक्राउ गरेको थियो ।

मस्त सुतेका थिए एसिडआक्रमणगर्ने मुन्ना

एसिड आक्रमण गरेपछि भारतीय नागरिक मुन्ना मोहम्मद आफुलाई कसैले पनि छिन्न सक्दैन भनेर डल्लुस्थित कोठमा ढुक्क भएर सुतेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरी पुग्ने बित्तिकै सुतेका मुन्नालाई उठायो ।

प्रहरी - ‘तपाईले एसिड आक्रमण गर्दा लगाएको लुगा खै ?’

'उ त्यहीं छ,' बिस्तारा नजिकै राखेको कपडा देखाउँदै मुन्नाले भने ।

प्रहरी - ‘यो हातमा के भएको ?’

मुन्ना - ‘एसिड हान्दा आफैलाई लागेर पोलेको सर ।’

प्रहरीले पहिलेनै गार्मेन्टका साहु मोहम्मद आलमलाई पक्राउ गरिसकेको थियो । उनैको आधारमा मुन्नाको कोठासम्म पुगेको थियो । आलमको कोठामा प्रहरी पुग्दा भने उनले मादक पदार्थ सेवन गरेर सुतिरहेको अवस्था फेला पारेको प्रवक्ता केसीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्