२३ असार २०८३, मंगलबार

नेपाल सम्झेर मोदीले गरे ट्वीट : सामाजिक व्यापारिक नाता बलियो छ !

नेपाल सम्झेर मोदीले गरे ट्वीट : सामाजिक व्यापारिक नाता बलियो छ !
फाइल तस्वीर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म्यान्मार, भुटान, नेपाल र बंगलादेशसँग भारतको सामाजिक व्यापारिक नाता मजबुत रहेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

बिहीवार बिहान एक ट्वीट गर्दै मोदीले एकातिर यी देशहरूसँग भारतको सम्बन्ध राम्रो रहेको र अर्कोतिर भारतका पूर्वी दिशातर्फ रहेका छिमेकी देशहरूसँगको सम्बन्ध पनि 'एक्ट इस्ट पोलिसी'ले सशक्त बनाएको टिप्पणी गरेका हुन् ।

केही महिना यता नक्सा प्रकरणलाई लिएर नेपाल-भारतबीच कूटनीतिक तनावको स्थिति पैदा भएको छ । मोदीले तनावकै बीचमा नेपालसहित अन्य देशहरूसँगको सम्बन्धलाई लिएर गरेको ट्वीटले विशेष अर्थ बोकेको छ ।

भारतमै पनि मोदीको छिमेकी नीति सही नभएको भन्दै प्रतिपक्षीहरूले आलोचना गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्