१० साउन २०८३, आइतबार

टर्कीको हाया सोफिया मस्जिदमा ८६ वर्षपछि मुसलमानहरूले प्रार्थना गर्दै

साउन ९, २०७७
टर्कीको हाया सोफिया मस्जिदमा ८६ वर्षपछि मुसलमानहरूले प्रार्थना गर्दै

आठ दशकभन्दा बढी समयसम्म संग्रहालयका रूपमा रहेको हाया सोफियामा शुक्रवारदेखि इस्लामिक प्रार्थना गर्न थालिएको छ । 

१५ दिनअघि टर्कीको एक अदालतले ऐतिहासिक हाया सोफियालाई संग्रहालय बनाउने आदेश वैध नभएको भनी फैसला दिएपछि त्यसलाई मस्जिद बनाइएको थियो ।

८६ वर्षपछि मुसलमानहरूले प्रार्थना गर्न पाएको क्षणमा टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआन पनि उपस्थित छन् । सत्तारूढ जस्टिस यान्ड डेभलोपमेन्ट पार्टी र टर्कीका अन्य राजनीतिक समूहका नेता पनि आएका छन् ।
 

अजरबैजान र कतार लगायतका मुलुकका नेता तथा गण्यमान्य व्यक्तित्वहरू पनि समारोहमा उपस्थित छन् ।

प्रार्थना इस्लामिक विधि तकबिर र सलावतका साथ शुरू हुनेछ । 

शुक्रवार आस्थावानहरू प्रार्थना गर्ने म्याट साथैमा लिएर आएका छन् । लाउडस्पीकरमा कुरानका आयतहरू सुनाइएका छन् । 

बिहीवार राष्ट्रपति अर्दोआनले हाया सोफिया विधिवत रूपमा उद्घाटन गरे । उनले हाया सोफिया विशाल मस्जिद लेखिएको नेमप्लेट पनि अनावरण गरे । 

salt training

कमेन्ट गर्नुहोस्