३२ असार २०८३, बिहीबार

बाल गायक अग्रज भट्टराईको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक

बाल गायक अग्रज भट्टराईको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक

बाल गायक अग्रज भट्टराईको स्वरमा ‘मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक अग्रजको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा आमाको महिमाबारे वर्णन गरिएको छ ।

गीतमा शब्द र संगीत शान्तिराम राईको छ भने संयोजन आगा लामाले गरेका छन् ।

यसअघिसमेत अग्रजको स्वरमा ‘सबै भन्छन्’ र ‘बादलमा बुट्टा’ बोलको गीत सार्वजनिक भएको थियो । ‘मेरी आमा’ गीत अग्रजको स्वर रहेको तेस्रो गीत हो ।

भट्टराई बहुप्रतिभाशाली बाल गायक हुन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का स्थायी बसोबास भएका बुवा मीन भट्टराई र आमा जुनु भट्टराईका सुपुत्र अग्रज हाल काँडाघारीस्थित अक्षरा स्कूलमा अध्ययनरत छन् ।

सानै उमेरदेखि संगीतमा रुची राख्ने अग्रज बहुप्रतिभाशाली साथै अध्ययनमा पनि उत्तिकै अब्बल छन् । उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गुरु क्षितिज कुलुङलाई मान्छन् ।

हेर्नुहोस् भिडियो -  

salt training

कमेन्ट गर्नुहोस्