![जब बिरालोलाई 'इम्प्रेश' पार्न कुकुरले देखायो अनौठो नाच, भाइरल भयो भिडियो [भिडियो]](https://lktcdn2.prixacdn.net/media/23_07_2020-dog_viral_video_20543771_KSMwMuXgMd.jpg)
सामाजिक सञ्जालमा अहिले एक भिडियो भाइरल भइरहेको छ । सो भिडियोमा बिरालोलाई इम्प्रेशमा पार्नका लागि कुकुरले नाचिरहेको देखिन्छ ।
एक पार्किङ एरियामा कुकुर र बिरालो सँगै देखिन्छन् । बिरालो आफ्नो मनमा केही सोचिरहेको जस्तो देखिन्छ ।
शायद उसले कुकुरसँग कुरा गर्न नचाहेको हुन सक्छ । तर कुकुर भने बिरालोसँग कुरा गर्न चाहन्छ ।
बिरालोले उसलाई इग्नोर गर्छ । त्यसपछि कुकुर बिरालोको अगाडि नाच्न थाल्छ ।
भारतिय सञ्चार माध्यमका अनुसार यस भिडियो भारतीय वन सेवा अधिकारी सुशान्त नन्दाले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका हुन् । जुन अहिले भाइरल भइरहेको छ ।
What was that😳 pic.twitter.com/o5maHFrQqU
— Susanta Nanda IFS (@susantananda3) July 22, 2020