३२ असार २०८३, बिहीबार

१५ थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ

कात्तिक २०, २०७४
१५ थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ



झापा, १९ वैशाख–
झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित सोमबार राति पक्राउ परेका हुन् ।

पूर्वी नाका काँकडभिट्टा भएर नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मानव खप्परसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्