०२ साउन २०८३, शनिबार

पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छ- बाँस्कोटा

साउन १०, २०७७
पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छ- बाँस्कोटा

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता  गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा  एकतामा स्थायित्व नहुने बताएका छन्।

नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेसन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई शनिबार बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र  जनताले पनि साथ नदिने बताए।

सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे।

उनले प्रश्न गरे,'वर्तमान सरकारले गणतन्त्रलाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?'

बाँस्कोटाले  देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताए। उनले भने, 'जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गर्नुपर्छ, सबै समस्या हल हुँदै जान्छन् ।'

उनले भण्डारीको विचारलाई जनताको मनमनमा पु-याउनुपर्नेमा पनि जोड दिए।

salt training

कमेन्ट गर्नुहोस्