१८ असार २०८३, बिहीबार

नवराज सिलवालको रिटमाथि सुनुवाई नहुने

कात्तिक २०, २०७४
नवराज सिलवालको रिटमाथि सुनुवाई नहुने

काठमाडौं, १९ वैशाख– सरकारले प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा गरेको नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमो दायर गरेको रिटमाथि आज सुनुवाई नहुने भएको छ ।

सरकारले सर्वोच्च अदालतको आदेशविपरित प्रकाश अर्याललाई प्रहरी प्रमुख बनाएको भन्दै डिआईजी सिलवालले गत चैत २९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको आज सुनुवाई हुने भनिएको थियो ।

सर्वाेच्च अदालतले विशेष कारणले आजको सुनुवाई स्थगित भएको बताएको छ । अर्काे सुनुवाई कहिले हुने भन्नेबारे पनि कुनै निर्णय गरेको छैन ।

सिलवालले कार्यसम्पादन मूल्याङ्कन (कासमू)मा अर्यालको भन्दा आफ्नो अंक बढी रहे पनि सरकारले बद्नियतपूर्वक अंक घटाएर अर्याललाई आईजीपी बनाएको आरोप लगाउँदै आएका छन् ।

सरकारले भने रिटका साथ अदालतमा सिलवालबाट पेश गरिएको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपि फर्जी भएको दावी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्