०६ साउन २०८३, बुधबार

एक-अर्काको नाम सुन्दा कुल्ला गर्ने अवस्था अन्त्य गरौँ, कम्युनिस्टहरू एक हुनुपर्छ : झलनाथ खनाल

असार १४, २०८३
काठमाडौं
एक-अर्काको नाम सुन्दा कुल्ला गर्ने अवस्था अन्त्य गरौँ, कम्युनिस्टहरू एक हुनुपर्छ : झलनाथ खनाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्ट शक्तिहरूबीचको विभाजन अन्त्य गर्दै कार्यगत एकतामार्फत देशलाई अघि बढाउनुपर्ने बताएका छन्।

मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौं राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा खनालले कम्युनिस्ट नेताहरूबीच आपसी कटुता अन्त्य गर्नुपर्नेमा जोड दिए।

'हामीहरू हात मिलाऔँ, मन पनि मिलाऔँ। एउटाको नाम सुन्दा अर्कोले कुल्ला गर्नुपर्ने अवस्था सुनिनुपरेको छ, यो कस्तो लाजमर्दो कुरा हो?,' उनले भने।

एउटा देशमा एउटै कम्युनिस्ट पार्टी रहने सिद्धान्तलाई आत्मसात गर्नुपर्ने धारणा राख्दै उनले त्यसका लागि हतार गर्नुभन्दा साझा कार्यदिशा र कार्यनीति स्पष्ट बनाउनुपर्ने बताए । 'एउटा देशमा एउटै मात्रै कम्युनिस्ट पार्टी हुन्छ। यो कुरा हामीले बुझ्नुपर्छ। यसमा हतारिहाल्नुपर्ने केही छैन। हाम्रो प्रधान विषय के हो, अब अँगाल्नुपर्ने कार्यनीति र कार्यदिशा के हो, त्यो स्पष्ट हुनुपर्छ,' उनले भने।

उनले तत्कालका लागि कम्युनिस्ट शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको उल्लेख गर्दै त्यसबाट देशलाई सही दिशामा अघि बढाउन सकिने बताए। 'कार्यगत एकता गरेर देशलाई अगाडि बढाऔँ। अहिले देशको गणतन्त्रमाथि खतरा छ, संविधानमाथि खतरा छ। देशलाई बाँदरको हातमा नरिवल बन्न दिनुहुँदैन,' खनालले भने।

salt training

कमेन्ट गर्नुहोस्