२३ जेठ २०८३, शनिबार

कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि, हालसम्म ६ जनाको मृत्यु

साउन ११, २०७७
कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि, हालसम्म ६ जनाको मृत्यु

कर्णाली प्रदेशमा आइतवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

परीक्षणका क्रममा सुर्खेतका ३ जना, दैलेखका २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जनाकारी दिए ।

योसँगै कर्णालीमा संक्रमितको संख्या एक हजार ८ सय ७९ पुगेको छ । कर्णालीमा आइतवार ५ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । दैलेख अस्पतालबाट ३ जना, प्रदेश अस्पताल सुर्खेतबाट १ जना र लेकवेशी आइसोलेसनबाट १ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीले बताए ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ६ सय ४४ जना पुगेको छ ।

२ सय २९ जना संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्