
बेलायतका विशेषज्ञहरूले मोटो र धेरै तौल हुनेहरूलाई कोरोना संक्रमण र मृत्यु दुवैको जोखिम धेरै हुने जनाएका छन् ।
बेलायतको स्वास्थ्य विभाग एजेन्सी पब्लिक हेल्थ इंग्ल्यान्डले गरेको एउटा अध्ययनमा धेरै तौल भएका मानिसहरूमा कोरोनाको जोखिम बढी हुने पाइएको हो ।
कोरोना संक्रमणका कारण आइसीयुमा भएका बिरामीहरू तुलनात्मक रूपमा मोटा र बढी तौल भएका छन् ।
बेलायतको पब्लिक हेल्थ प्रमुख डा. एलिसन टेडस्टोनले धेरै तौल हुनेहरूमा कोरोना संक्रमण जोखिम बढ्ने देखि लिएर मृत्युसम्म हुने खतरा हुन्छ ।
उनले भनेका छन्, ‘तौल कम गर्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ र कोरोना संक्रमणको जोखिम पनि कम हुन्छ ।’