०७ असार २०८३, आइतबार

डा. रवीन्द्रले सुझाएका यी १४ सावधानी, जसले तपाईंलाई कोरोना संक्रमणबाट बचाउने छ

डा. रवीन्द्रले सुझाएका यी १४ सावधानी, जसले तपाईंलाई कोरोना संक्रमणबाट बचाउने छ

कोरोना भाइरसबारे जनचेतना जगाउँदै आएका जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले लकडाउन खुलेका बेला भाइरस संक्रमणबाट जोगिन १४ सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै डा. पाण्डेले नेपाल लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा प्रवेश गरेको बताए । 

लक्षणयुक्त कोरोना अरुमा सर्ने सम्भावना बढी रहने भएकाले पर्याप्त सावधानी अपनाउन समेत उनले सुझाव दिएका छन् । 

‘लक्षणयुक्त कोरोना संक्रमणको समुदायमा फैलिने डर धेरै हुन्छ  । खास गरेर खोक्दा, हाच्छ्यु गर्दा, घुर्दा, चिच्याउँदा, नारा लगाउँदा संक्रमितको नाक तथा मुखबाट ठूलो संख्यामा भाइरस बाहिर निस्किन्छन् । सार्वजनिक यातायात, बजार, चोक, मिटिंग, भेटघाट आदिमा ती संक्रमितको उपस्थिति भएमा संक्रमण ह्वात्तै बढ्ने खतरा हुन्छ,’ उनले लेखेका छन्, ‘संक्रमण बढ्यो भन्दैमा हामीलाई सर्छ भन्ने ग्यारेण्टी छैन । यी अवस्थामा हामीलाई संक्रमण सर्दैन ।’

यस्तो छ डा. पाण्डेको सुझाव

नेपाल कोरोना संक्रमणको अर्को फेजमा प्रवेश गरेको छ | लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं | भारतका बिहार, युपी तथा पश्चिम बङ्गालमा कोरोना संक्रमण समुदायमा फैलँदो क्रममा छ | भारतसंग हाम्रो १८०० किलोमिटर लामो खुला सिमानाको कारण हामी जोखिममा परेका छौं | राजविराज, बिराटनगर, बिरगंज लगायत संक्रमित क्षेत्रमा मात्र होइन काठमाडौं लगायतका ठाउँमा भेटिएका लक्षणयुक्त संक्रमितको लहरो खोज्ने हो भने अधिकांश भारतबाट आएका व्यक्तिमा देखिएको छ |

कोरोना भाइरसको म्युटेसन भएर नयाँ प्रजातिको संक्रमण सुरु भएको हो कि पुरानै भाइरसको स्वरूप परिवर्तनले नयाँ संक्रमण देखिएको हो भनेर अनुसन्धान गर्नु जरुरी छ |

लक्षणयुक्त कोरोना संक्रमणको समुदायमा फैलिने डर धेरै हुन्छ | खास गरेर खोक्दा, हाच्छ्यु गर्दा, घुर्दा, चिच्याउँदा, नारा लगाउँदा संक्रमितको नाक तथा मुखबाट ठूलो संख्यामा भाइरस बाहिर निस्किन्छन् | सार्वजनिक यातायात, बजार, चोक, मिटिंग, भेटघाट आदिमा ती संक्रमितको उपस्थिति भएमा संक्रमण ह्वात्तै बढ्ने खतरा हुन्छ |

संक्रमण बढ्यो भन्दैमा हामीलाई सर्छ भन्ने ग्यारेण्टी छैन | यी अवस्थामा हामीलाई संक्रमण सर्दैन |

- बिना काम घर बाहिर नगएमा |

- बाहिर निस्कँदा सहि तरिकाले ( नाक, मुख छोप्नेगरि तथा एयर टाइट हुने गरि ) मास्क प्रयोग नगरेमा |

- बाटो, चोक, पसल, कार्यालय तथा हरेक ठाउँमा कम्तीमा ६ फिटको दुरी अनिबार्य पालना गरेमा |

- सम्भव भएसम्म बाहिर केहि नछुने, नाक / मुख तथा आँखामा नछुने, साबुनपानी वा ह्याण्ड स्यानिटाइजरले हात सफा गरिरहेमा |

- खुला ठाउँ तथा भेन्टिलेसन भएको ठाउँमा बसेमा |

- पोषिलो खाना तथा सरसफाईमा बिशेष ध्यान दिएमा |

यदि कोरोना संक्रमण सर्यो भने पनि आत्तिनु पर्दैन | अन्य देशको तुलनामा कोरोना संक्रमणको असर नेपाल तथा नेपालीलाई न्यून छ | नेपालमा कोरोना संक्रमितको हालसम्म मृत्युदर ०.२ % छ | मृत्युदर ५ – १२ % भएका देशहरुमा समेत त्यहाँ रहेका नेपालीको मृत्युदर लगभग १ % मात्र छ |

- कोरोना भाइरसबाट हालसम्म विश्वका विभिन्न देशमा ३११५० नेपाली संक्रमित भएकोमा १६१ नेपालीको मृत्यु भएको छ | यो मृत्युदर ०.५ % मात्र हुन आउँछ भने मध्ये ९३ प्रतिशत अर्थात् २९ हजार २४३ नेपाली कोरोनाबाट मुक्त भएको एनआरएनले जनाएको छ | त्यति मात्र होइन भारतका दार्जिलिंग, सिक्किम, मिरिक, नागाल्याण्ड, आसाम तथा बंगलादेशको रंगपुर र दिनाजपुर र बर्माका नेपालीको समेत मृत्युदर निकै कम छ | हिमालय रेन्जमा रहेका चीनको तिब्बत, नेपाल, सिक्किम तथा भुटानमा पनि मृत्युदर नगण्य छ | हाम्रा खानपिन, संस्कार, परम्परा तथा अन्य जीवनशैलीको अनुसन्धान गर्नु जरुरी छ |

- हाम्रो हात धुने अभ्यास, ताजा खाना खाने संस्कार, मरमसलाको प्रयोग, शारीरिक श्रम गर्ने बानी, घाम ताप्ने बानी, जुठो नखाने / अँगालो नहाल्ने बानी, सामुहिक बसाइको सिमितता, डर्ट इम्युनिटी, सपिंग मलमा भन्दा साना पसलमा किन्ने बानी तथा आफ्नो परिवारप्रति पुरै जिम्मेवार हुने प्रवृतिको कारण नेपालमा कोरोना संक्रमण भयाबह नहुने तथा संक्रमण बढेपनि मृत्यु निकै कम हुनेछ |

- हामीकहाँ ठूलो मात्रामा संक्रमण फैलाउने खेल मैदान, नाइट क्लब, लाइभ कन्सर्ट, दशौँ हजारको आवतजावत हुने अन्डर ग्राउण्ड रेल स्टेसन आदि छैनन् | जसको कारण संक्रमण मान्द गतिमा मात्र बढ्न सक्छ |

- हाम्रो औसत आयु ७१ बर्ष छ जबकी बिकसित देशमा ८५-८६ बर्ष छ | ६५ बर्षमाथिको जनसंख्या बिकसित देशमा २०-२५ % छ भने नेपालमा जम्मा ५.४ % छ | नेपालमा अत्यधिक मोटोपनाको समस्या छैन | धेरै बुढाबुढी सामुहिक रुपमा बस्ने नर्सिंग होम नेपालमा छैनन् | यस्ता बिबिध कारणले गर्दा हाम्रो देशको मृत्युदर कम हुन्छ |

- अहिले कोरोना संक्रमणको लागि धेरै प्रकारका प्रभावकारी औषधि विश्वमा प्रयोग भइरहेको छ | जसले गर्दा गम्भीर हुने र मृत्यु हुनेको दर घटिरहेको छ | नेपालमा पनि त्यस्ता लाइफ सेभिंग औषधि छन् | त्यस्तै खोपको काम तीब्र गतिमा भइरहेको छ |

- हामीले सेवन गर्ने अदुवा, बेसार, ज्वानो, मरिच, कागती, गुर्जो, अश्वगन्धा, तुलसी, दालचिनी लगायतका बनस्पतिले इम्युनिटी पावर बढाउँछन् | योग, ध्यान तथा बिपद्मा साथ दिने हाम्रो संस्कार मनोबल बर्धक छ |

- बिसिजी लगायतका खोपको कारण पनि हामी ६-१० गुणा सुरक्षित छौं |

- हाम्रा गाउँ सबैभन्दा सुरक्षित छन् | ताजा खाना, परिश्रम, दुरी कायम गरेका घर आदिको कारण गाउँमा संक्रमण फैलिने सम्भावना कम हुन्छ |

संक्रमण तोड्ने यी र यस्ता बिबिध मौलिक जीवनशैलीको कारण हामीले धेरै चिन्ता गर्नु जरुरी छैन | महामारीमा सतर्क हुनु हाम्रो परम कर्तब्य हो | हामीले जति सक्यो थोरै व्यक्ति भेटौं, जति सक्यो छोंटो कुरा गरौँ, जति सक्यो टाढा बसेर कुरा गरौँ | महामारीको समयमा जीवन यापन गर्ने कमाइमा सन्तुष्ट बनौं | महत्वाकांक्षी नबनौं | न्यून आय भएका व्यक्तिलाई पुग्नेगरि राहत वितरण गर्न स्थानीय निकाय, प्रदेश सरकार, केन्द्र सरकार तथा सामाजिक संस्थालाई उत्प्रेरित गरौँ | सकारात्मक सोंच र आशाबादी गुणको बिकास गरौँ !

salt training

कमेन्ट गर्नुहोस्