
एनआइसी एशिया बैंकले बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने 'डिजिटल अकाउन्ट ओपनिङ' प्रणालीको सुरुवात गरेको छ ।
ग्राहकहरूले उक्त डिजिटल अकाउन्ट ओपनिङ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्नेछन् ।
कम्प्युटरमा दक्षता नपुगेका महानुभावहरूका निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ ।
देशको ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यअनुरुप डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबारलाई बढाउनुका साथै आफ्ना अधिकतम सेवाहरूलाई डिजिटल माध्यममा लैजाने क्रममा डिजिटल अकाउन्ट ओपनिङ प्रणाली जस्तो नवीनतम सुविधा ल्याएको बैंकले जनाएको छ ।
यसरी खाता खोल्दा ग्राहक महानुभावहरूलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।