२३ असार २०८३, मंगलबार

इजरायलमा प्रधानमन्त्री नेतान्याहुविरुद्धको प्रदर्शन जारी, प्रहरीले फाल्यो पानीको फोहरा

साउन १२, २०७७
इजरायलमा प्रधानमन्त्री नेतान्याहुविरुद्धको प्रदर्शन जारी, प्रहरीले फाल्यो पानीको फोहरा

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका विरुद्ध भएको प्रदर्शन तितरबितर पार्नका लागि सुरक्षाकर्मीहरूले पानीको फोहरा फ्याँकेका छन् । 
 

नेतान्याहुको आधिकारिक निवास बाहिर मुख्य प्रदर्शन गरिएको थियो । 

विगत केही हप्तादेखि लगभग दिनदिनै विरोध प्रदर्शन भइरहेका छन् । सरकारले कोरोनाभाइरस संकटको व्यवस्थापनमा सरकार चुकेको आलोचकहरूको भनाइ छ । 

गत मे महिनामा नेतान्याहुका विरुद्ध गरिएको घुसखोरी, ठगी र विश्वासघातको अभियोजनले पनि विरोध प्रदर्शन चर्काएको हो । 
 

शुरूतिर भाइरसलाई नियन्त्रणमा लिएको भए पनि कोभिड–१९ का कारण अहिलेसम्म ४५७ इजरायलीले ज्यान गुमाइसकेका छन् भने ९० लाख जनसंख्यामा ६० हजार ६७८ जनामा संक्रमण देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्