
भारतको तेलंगाना राज्यमा रहेको करीमनगरमा एक अस्पतालले कोरोना रोगीको उपचारमा चरम लापरवाही गरेको पाइएको छ ।
सरकारी अस्पतालमा भर्ना भएका ती रोगी शय्याबाट खसे । कसैले उनलाई वास्ता नगरेपछि तड्पी तड्पी उनको मृत्यु भयो ।
आइतवार जिल्ला अस्पतालमा भएको घटनामा ७० वर्षीय रोगीको मृत्यु भएको हो । उनलाई पाँच दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।
रोगीलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन दिइएको थियो । आइतवार उनी बेडबाट लडे र उनको अक्सिजन सप्लाई बन्द भयो । त्यसैले उनको ज्यान लियो ।
ती वृद्ध रोगी अस्पतालको बेडबाट खसेको खबर अस्पताल प्रशासनलाई दिएको भए पनि कसैले वास्ता नगरेको अन्य रोगीको आरोप छ ।
कसैले पनि उनलाई भुइँबाट नउठाएको र उनी भुइँमै लामो समयसम्म तड्पिएर बसेको बताइएको छ ।
मेडिकल स्टाफको कमीका कारण यस्तो घटना हुन गएको भन्दै अस्पताल प्रशासनले स्पष्टीकरण दिएको छ ।