०९ साउन २०८३, शनिबार

काठमाडौंको मेयरमा एमालेबाट विद्या सुन्दर शाक्य

कात्तिक २०, २०७४
काठमाडौंको मेयरमा एमालेबाट विद्या सुन्दर शाक्य

काठमाडौं, १९ वैशाख– आसन्न स्थानीय चुनाव अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या सुन्दर शाक्यलाई उठाउने भएको छ ।

एमालेमा काठमाडौंको मेयरमा उम्मेदवार छनोटको विषयमा तीब्र विवाद थियो । अन्तिममा अध्यक्ष केपी ओली निकट मानिने शाक्यले मेयरको टिकट पाएका हुन् । 

एमालेको काठमाडौं जिल्ला कमिटीले काठमाडौंको मेयरका लागि विद्या सुन्दरसहित सावित्रा भूसाल र जीवनराम श्रेष्ठको नाम पनि सिफारिस गरेको थियो ।

तर, अध्यक्ष ओलीले शाक्यको नाममा अडान लिएपछि उनी नै मेयरको उम्मेदवार बन्न सफल भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्